श्रावण ७, २०८२ बुधबार July 23, 2025

कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जागृत गराएको एमाले महासचिव पोखरेलको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाँके । नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सुरु भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव शङ्कर पोखरेलले भन्नुभयो, “संविधान र कानुनमा समयानुकूल सुधारका लागि राजनीतिक रूपमा अनुकूलता रहेको छ, जनताले आशा र अपेक्षा पनि गरेका छन् ।”

उहाँले कांग्रेस एमालेले साझा जिम्मेवारीमा निराशालाई आशामा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । महासचिव पोखरेलले “जनतामा निराशा छ त्यो निराशा चिरेर अब देशले बाटो लिन्छ भन्ने आशा जागृत गराउनुपर्ने जिम्मेवारी छ ।”

महासचिव पोखरेलले १० औँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभएको छ । कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी सङ्गठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरी १५० जनाको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार