असार २२, २०८२ आइतबार July 6, 2025

विधायन व्यवस्थानसम्बन्धी विधेयक समितिबाट पारित

यही भदौ २४ गतेको प्रतिनिधिसभा बैठकमा समितिले पेस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ भदौ : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित गरेको छ । सिंहदरबारस्थित समितिको कक्षमा आज उक्त विधेयकमाथि दफाबार छलफल गरी आज समितिले संशोधन प्रतिवेदन समिति पारित गरेको हो ।

“विधेयकलाई व्यवस्थित गर्न यो ऐन बनेको हो, यसअघि विधेयक व्यवस्थित गर्न ऐन बनेको थिएन”, समितिका सभापति विमला सुवेदीले भन्नुभयो, “ऐन बनाउने प्रक्रियालाई व्यवस्थित गर्न जरुरी थियो, प्रत्यायोजित गरिएका विधेयक किन चाहियो भन्ने बारेमा पनि यसले व्यवस्थित गर्छ ।” उहाँले पहिलो पटक ऐनलाई व्यवस्थित गर्न विधायन व्यवस्थापनसम्बन्धी कानुन बनाइएको हो ।

उक्त विधेयक राष्ट्रियसभामा उत्पति भएर राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको थियो । प्रतिनिधिसभाले थप अध्ययनका लागि समितिमा पठाएको थियो । समितिका सभापति सुवेदीका अनुसार यही भदौ २४ गतेको प्रतिनिधिसभा बैठकमा समितिले पेस गर्ने कार्यक्रम रहेको छ । यही अधिवेशनमा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएर अनुमोदन गरेपछि ऐन प्रमाणीकरणका लागि जानेछ ।

उक्त विधेयकमाथि समितिका १७ जना सांसदहरुले संशोधन हाल्नुभएको हो । समितिमा विधेयकमाथि सामान्य सैद्धान्तिक छलफल भएपछि तीन वटा बैठक संशोधनको विषयमा छलफल भएको थियो । एक बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो । उक्त विधेयक आज समितिबाट पारित भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार