श्रावण ३, २०८२ शनिबार July 19, 2025

सीतापुर–पकरीदेखि–डलवासम्मको सडकखण्ड अधुरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज (सप्तरी)।ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ ।

मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिइएको छ तर तोकिएको समय सकिँदा पनि सितापुरदेखि पकरीसम्म सात किलोमिटर र पकरीदेखि महादेवा गाउँपालिकाको कजोलीसम्म छ किमी बाटो निर्माण सम्पन्न हुन सकिएको छैन ।

निर्माण कम्पनीसँग २०७८ चैत ७ गते रु ३१ करोड २४ लाख आठ हजार तीन सय २४ (भ्याट बाहेक) मा २०८० चैत ८ गतेसम्म सडक निर्माण गरिसक्ने सम्झौता भएको थियो । सोअनुसारको समय बित्दासमेत सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ को पकरी, सोनरालगायत स्थानमा ग्राभेल हाल्ने काम मात्र भएको वडाध्यक्ष जयश्वरकिशोर दासले बताउनुभयो ।

सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीयलाई आवतजावतमा निकै समस्या भएको उहाँले बताउनुभयो । “सडक नबन्दा यहाँ एम्बुलेन्ससमेत जान नसक्दा बिरामीलाई बोकेर हुलाकी राजमार्गसम्म पु¥याउनुपर्ने बाध्यता छ । त्यसैले सम्बन्धित निकायले सडक निर्माण ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो,“ठेकेदार कम्पनीले यहाँका बस्ती क्षेत्रमा ढलान सडक बनाउन र अन्य ठाउँमा कालोपत्र गर्ने गरी सम्झौता गरेको छ तर सम्झौतानुसार ५० प्रतिशत पनि काम हुन सकिएको छैन ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार