नुवाकोट । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नुवाकोटको अध्यक्षमा रामकृष्ण भट्ट नियुत्त भएका छन् ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौँ संसोधन २०७५ वमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि भट्टलाई नेपाल विद्यार्थी संघ नुवाकोट जिल्लाको अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
नेपाली काँग्रेस नुवाकोटको पत्र अनुसार र नेपाल विद्यार्थी संघ नुवाकोटको अध्यक्ष पद रिक्त भएकोले उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ ।
नेविसंघ नुवाकोटको अध्यक्षको जिम्मा पाएका भट्ट लामो समयदेखि काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया