काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएका छन् ।
अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किरातीले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको आरोप लगाए । अव यो सरकार दशैं-तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन उनले भने ।
माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाइ थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया