श्रावण १, २०८२ बिहिबार July 17, 2025

कक्षा १ मा अध्ययनरत ८ वर्षीय बालक आलोकजंगको डेंगु संक्रमणबाट निधन

डेंगुबाट झापामा ८ वर्षीय बालकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । डेंगु संक्रमणका कारण झापामा एक बालकको मृत्यु भएको छ । स्थानीय न्यूटन्स एजुकेशन एकेडेमीको कक्षा १ मा अध्ययनरत ८ वर्षीय बालक आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

उनको घर बिर्तामोड नगरपालिका ४ भएको न्यूटन्स एजुकेशन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाँईले बताउनुभयो । सुरुमा ज्वरो आएपछि ती बालकको स्वास्थ्य परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियोे ।

चार दिनसम्म स्थानीय झापा नेशनल मेडिकल बिर्तामोडमा उपचार गराइएको थियोे । त्यसपछि उनलाई थप उपचारका लागि नोवल हस्पिटल विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।

यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि झापामा साउन २५ गते एक शिक्षिका अनिता पौडेलको डेंगुका कारण मृत्यु भएको थियोे ।

चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालय हल्दिबारीमा कार्यरत शिक्षिका पौडेलको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियोे । ४० वर्षीया अनिताको घर हल्दिबारी गाउँपालिका ४ हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार