श्रावण १, २०८२ बिहिबार July 17, 2025

आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह हुने

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आज आइतबार हुने भएको छ।

समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । स्थापनाको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए। प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुन लागेको उनले बताए।

प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन्।

दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल पनि यहाँ आउने कार्यक्रम रहेको जनाइएको छ। आइतबार नै प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक बिल्डिङ) र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको प्रतिष्ठानको आँखा केन्द्रको प्रधानमन्त्री ओलीबाट उद्घाटन हुने कार्यक्रम तय भएको प्रतिष्ठानका उपकुलपति डा रावलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार