श्रावण १, २०८२ बिहिबार July 17, 2025

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजापट्टीका बासिन्दाहरू अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजा । गाजापट्टीको दक्षिणी क्षेत्र खान गुनिसमा शनिबार दिउँसो एक प्यालेस्टिनी बालिकाको कुपोषण र उपचारको अभावका कारण मृत्यु भएसँगै कुपोषणका कारण मृत्यु हुने बालबालिकाको सङ्ख्या ३७ पुगेको छ ।

चिकित्सा स्रोतहरूले प्यालेस्टिनी समाचार समिति (फावा) लाई कुपोषण र खाद्य आपूर्तिको अभावका कारण बालिकाको मृत्यु भएको बताएका छन् ।

गाजामा ५० हजार भन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट ग्रस्त रहेको युनिसेफले घोषणा गरेको थियो । संयुक्त राष्ट्रले गाजापट्टीमा मानवीय अवस्था दयनीय रहेको चेतावनी दिएको छ ।

गाजापट्टीका बासिन्दाहरूले अक्टोबर ७ देखि जारी विनाशकारी इजरायली युद्धको कारणले अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटको सामना गरिरहेका छन् । रासस र क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार