काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो ।
आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ । प्रतिष्ठानले पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया