श्रावण १, २०८२ बिहिबार July 17, 2025

ओखलढुङ्गामा ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि

सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओखलढुङ्गा, भदौ २३ गते । ओखलढुङ्गामा डेंगु सङ्क्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी विनोद पोखरेलका अनुसार २६ पुरुष र २८ महिला गरी ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी सूचना अधिकारी पोखरेलले दिनुभयो ।

सङ्क्रमण रोकथामका लागि मानेभन्ज्याङ गाउँपालिको विभिन्न क्षेत्रमा लार्भा नष्ट र विषादी छर्किन अभियान सञ्चालन गरिएको थियो । ओखलढुङ्गा सामुदायिक अस्पतालमा डेंगु परीक्षण र उपचार भइरहेको छ ।

डेंगु सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नेबारे सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले नागरिकलाई आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट बच्न घर, कार्यालय वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पूरा बाहुला भएको कपडा लगाउन आग्रह गरिएको छ ।

डेंगु लागेको शङ्का लागेमा वा अत्याधिक टाउको दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने लगायतका स्वास्थ्य समस्या भएमा तत्काल परीक्षण गराएर उपचार गराउन स्वास्थ्य कार्यायले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार