श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मधेशमा माओवादी केन्द्रको तीव्र ओरालो यात्रामा प्रचण्डले व्रेक लगाउन सक्लान् ?

नेता, कार्यकर्ताहरुले  असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्‍याए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ भदौ, महोत्तरी । मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ?

मधेश प्रदेशमा अध्यक्ष प्रचण्ड सहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन ।

यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा  मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम  चासो वनेको छ ।

नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासाथ गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ ।

१ बर्षको अवधीमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन ।

अझ अचम्म लाग्दो त काँहानिर छ भने नेकपा एमालेले त माओवादी केन्द्रवाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो वलियो वनाउने अस्त्र नै वनाएको छ ।

उदाहरणकोरुपमा  महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीवाट नै प्रवेश गरेका वलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीवाट भित्रीएकाहरु नै छन ।

जिल्लाको मात्र हैन स्थानिय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीवाट भित्रीएकाहरुलाई प्राथमिकतामा राखेको छ ।

महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा  सचिव, स-सचिव देखि पदाधिकारीमा माओवादीवाट भित्रीएकाहरु छन ।

दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनिहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीवाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ ।

यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ ।  केन्द्र तहका ज्वाला कुमारी साह देखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनिहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत वनाउदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर वन्दै गएको देखिन्छ ।

`पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रकाशहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´

वैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज वनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले वताएका छन ।

अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन ।

सिरहा, सर्लाही, महोत्तरीमा पुर्व जनमोर्चा समूह र प्रचण्ड समुहविच जहिल्यै काहीँ न काहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ ।

यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानिय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता वताउछ्न ।

`मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी वहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरीइन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´

मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष  लगाउने तर कमजोरीका कारकहरुको विषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर वन्दै गएको वताउछन ।

उन्ले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन ।

यसरी नेता, कार्यकर्ताहरुले  असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्‍याएका छन । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ ।

अध्यक्ष प्रचण्ड सहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन । बर्षामान पुन र मात्रीका यादव भने उपचारको क्रममा चिनमा छन् । बिशाल बस्नेत/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार