श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक : डा. महत

सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिशूली (नुवाकोट), २६ भदौः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गर्नुभएको छ ।
बिपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताउनुभएको हो ।
“पार्टीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवा गर्न प्रतिनिधि खटाएको हुन्छ”, उहाँले भन्नुभयो, “पार्टी र पार्टीका प्रतिनिधिले गरेका राम्रा काम जनतासमक्ष पु¥याइ प्रचारप्रसार गरेर पार्टीलाई लोकप्रिय बनाउनमा केन्द्रित हुुनुपर्दछ ।”
वृक्षरोपण, रक्तदानजस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिइ यस्ता गतिविधि बढाउन उहाँले आग्रह गर्नुभयो । तरुण दलको अगुवाइमा आयोजित वृक्षरोपण कार्यक्रम वन क्षेत्र विस्तार एवं संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
“दल र पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउँदा जनताका बीचमा पुग्न र गुनासो सुन्न बिपी कोइरालाले वृक्षरोपण र रक्तदान कार्यक्रममार्फत  जनताको मन जित्नुभएको थियो”, प्रवक्ता महतले भन्नुभयो, “अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन बिपी कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ । यसलाई कांग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा बढवा दिनुपर्दछ ।”
जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगका लागि पार्टी र भ्रातृ संस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन उहाँले आह्वान गर्नुभयो । नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्न र जित्नसक्ने अवस्था कायम राख्दै तीनै तहमा कांग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पार्टी र भ्रातृ संस्थाका पदाधिकारीलाई उहाँले निर्देशन दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार