श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अहिलेको सरकारले देशलाई सुशासन दिन्छ : डा. महत

बाध्यात्मक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बाध्यात्मक परिस्थितिमा कांग्रेस–एमाले गठबन्धन बनेको बताउनुभएको छ ।

नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रममा उहाँले नेकपा (माओवादी केन्द्र)लाई रिझाउन गाह्रो भएकाले एमालेसँग गठबन्धन गर्ने निर्णय गर्नुपरेको बताउनुभयो ।

“जनताको सेवा र सरकारी बजेटको सही कार्यान्वयनको लागि (माओवादी केन्द्र) सँगको सहकार्यमा काँग्रेसले त्याग गर्दै आए पनि जथाभाबी बजेट बाँड्न खोजेर समस्या उत्पन्न गराएपछि दुई ठूला पार्टीबीचको गठबन्धन बनेको हो ।” उहाँले भन्नुभयो, “एमालेसँगको गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।”

अहिलेको सरकार तथा गठबन्धनको लक्ष्य देशमा सुशासन दिने, जनताको मागअनुसार विकास निर्माण गर्ने र बजेटको सही कार्यान्वयन गर्ने मान्यता रहेको नेता महतले बताउनुभयो । अहिलेको सरकारको न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै आउने र त्यो अहिलेसम्मकै उत्कृष्ट हुने उहाँको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार