श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सोमबार बिहान बस्दैछ।

बिहान ७ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि छलफल हुनेछ।

शनिबार पनि दिउँसो १ बजेदेखि राति १० बजेसम्म बैठक बसेको थियो।

बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

खास गरी केन्द्रीय समितिको निर्वाचन प्रक्रिया के हुने भन्नेमा कार्यदल एक मतमा पुग्न सकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया