असोज २७, २०८३ मंगलबार October 13, 2026

इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न

इन्द्र दहमा स्नान गरी समय अर्थात् भोज चढाएर, भोज खाएर यँयापुन्ही मान्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । इन्द्र जात्राको अवसरमा आज पूर्णिमाका दिन साँझ बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराएर भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात् देवगृह भित्र्याएर जात्रा सम्पन्न गरिएको छ ।

इन्द्रायणी द्यो छें अर्थात् देवगृहबाट बाजागाजासहित देवतालाई हिजो साँझ इन्द्र दहमा पु(याएर रातभर दीपावली गरी आज बिहानदेखि दिनभर इन्द्र दहमा स्नान गर्ने र इन्द्रको पूजा गर्दै मेला भरेर देवतालाई भक्तपुर परिक्रमा गराउँदै साँझ देवगृह भित्र्याए पछि जात्रा सम्पन्न भएको हो ।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको किंवदन्ती छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास रहेकाले यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने प्रचलन रहेको संस्कृति एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवर्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झना स्वरूप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।

इन्द्र दहमा स्नान गरी समय अर्थात् भोज चढाएर, भोज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात् छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काँक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमान गराई देवगृह पु(याइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार
राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी
२०८३ असोज २७, मंगलबार
खगेन्द्र सुनारमाथि रास्वपाले होइन, राज्यका निकायले छानबिन गर्नुपर्छ : एमाले
२०८३ असोज २७, मंगलबार
नेप्सेमा आज ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा
२०८३ असोज २७, मंगलबार