श्रावण ६, २०८२ मंगलबार July 22, 2025

देउवा रिसाएको एक मिनेटमा ओली सरकार ढल्ने रवि लामिछानेको भविष्यवाणी

दुईतिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा रिसाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् ।

रास्वपाको संविधान मन्थन, व्यवस्थाको स्थायित्व र नागरिकको अपेक्षाबारे आयोजित कार्यक्रममा बोल्दै दुईतिहाइ शक्ति भएको सरकारमा पनि आत्मविश्वास नदेखिएको टिप्पणी गरे ।

उनले भने, ‘दुई दितहाइको सरकार नै सबैभन्दा बढी अस्थिर छ । जनतामा आशा पलाउनुपर्ने हो, प्रधानमन्त्रीमा कन्फिडेन्ट आउनुपर्ने हो । मन्त्रीहरूमा चार्मिङ आउनुपर्ने हो । तर, खै देखिँदैन । यता टिसर्ट लगाएको मान्छे समातेको छ उता उपसभामुखलाई तान्नेकि त्यतातिर लागेको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया