असार ३२, २०८२ बुधबार July 16, 2025

नेपालमा सातदेखि १० प्रतिशत मानिसमा अल्जाइमरको लक्षण

अल्जाइमरको सङ्ख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालमा ६० वर्षभन्दा माथिका करिब सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित रहेको बताउनुभयो । उहाँले अल्जाइमरको सङ्ख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको बताउनुभयो ।

जनचेतनाका कमीले अल्जाइमर रोगको प्रकोप बढिरहेको र समयमा उपचार गर्न सके यस रोगलाई कम गर्न सकिने निर्देशक निरौलाको भनाइ छ । “समयमा नै रोग पहिचान गरेर कडा खालको बिर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “तर बिरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।”

Rising dementia cases in Nepal highlight need for awareness and action -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articlesनेपालमा ६० वर्षमाथि उमेरका व्यक्तिमा यस रोगको समस्या देखिने गरे पनि आजकाल ४० देखि ४५ वर्ष उमेर समूहमा समेत समस्या देखिने गरेको निर्देशक निरौलाले बताउनुभयो ।

लक्षण

अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने, भर्खरै भएका कुराहरू सम्झिनलाई समस्या हुने र क्रमशः पुराना कुराहरू पनि बिर्संदै जाने हुन्छ र साथै एउटै कुरालाई बारबार दोहो¥याउने, ध्यान केन्द्रित गर्न समस्या हुने जस्ता लक्षणहरु देखा गर्ने गरेका चिकित्सकहरू बताउँछन् । पछि गएर उल्लिखित लक्षणहरू क्रमशः कडा रूपमा बढ्दै गइ दैनिक जीवनयापन नै कठिन हुन जान्छ ।

रोगको प्रमुख कारण बढ्दो उमेर भए पनि श्रवण शक्तिमा कमी, नसर्ने रोग ९उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह०, मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्वको कमी मदिरा र धुम्रपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता जस्ता कारणले पनि हुने गर्दछ ।

महाशाखा प्रमुख निरौला रोग रोकथामको उपाय भनेको नै जोखिमहरू कम गर्नु रहेको बताउनुहुन्छ । उहाँकानुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसङ्ख्या १० प्रतिशत रहेको छ र बुढ्यौली जनसङख्याको वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिसहरू डिमेन्सिया रोगबाट प्रभावित छन् । जसमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामीहरू थपिन्छन् र यो सङ्ख्या सन् २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।

सरकारले अल्जाइमर रोगलाई सम्बोधन गर्नका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत अल्जाइमर रोगका लागि रु एक लाखसम्म सुविधा प्रदान गर्दै आइरहेको छ । यस रोगको उपचारका लागि देशभरि १२ वटा अस्पताल सूचीकृत छन् । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका लागि अल्जाइमर्स डिस अर्डरलगायत विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यवस्थापन गरी सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको महाशाखा प्रमुख निरौलाले जानकारी दिनुभयो ।

उहाँले अल्जाइमरसँगै डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरण गर्न आवश्यक रहेको बताउनुभयो । निरौलाले यी रोग भएका बिरामीलाई सामाजिक कार्यमा लगाउनुपर्ने, मस्तिष्कलाई क्रियाशील बनाउनुपर्ने र पर्याप्त मात्रामा फलफूल खुवाउनुपर्ने बताउनुहुन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया