काठमाडौं : भारतमा नयाँ एमपोक्स स्ट्रेनको पहिलो केस देखिएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक स्वास्थ्य आपतकालीन चेतावनी जारी गरेपछि क्लेड १ बी भनिने यो नयाँ भेरियन्ट देखा परेको छ । यो अत्यधिक संक्रामक भएको जनाईएको छ ।
यो अफ्रिकामा एमपक्सको प्रकोपसँग जोडिएको छ।भारतको दक्षिणी राज्य केरलाका ३८ वर्षीय पुरुषमा यो स्ट्रेन फेला परेको समाचार छ । उनी हालै दुबईबाट फर्केका थिए । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत अगस्टमा अफ्रिकामा मंकीपोक्स भनिने एमपोक्सलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
त्यसयता यो भाइरसको सबैभन्दा खतरनाक भेरियन्ट अफ्रिकी महादेश बाहिरका स्वीडेन, थाइल्याण्ड र पाकिस्तानलगायत देशमा फैलिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता मनिषा वर्माले केरलाको मलप्पुरम जिल्लामा देखिएको एमपोक्स केस क्लेड १ को भएको पुष्टि गरेकी छिन् । ती बिरामीको अस्पतालमा उपचार भइरहेको र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र निगरानी भइरहेको अधिकारीहरूले बताएका छन्। यसै महिनाको सुरुमा उत्तरी हरियाणा राज्यका एक पुरुषमा एमपोक्स स्ट्रेन फेला परेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया