असार २१, २०८२ शनिबार July 5, 2025

कांग्रेसले बोलायो संसदीय दलको बैठक

संसद भवन स्थित ल्होत्से हलमा बस्ने बैठकले पन्ध्र दिनको तलब दिने लगायत विषयमा अनुमोदन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक डाकिएको हो । बैठक संसद भवन स्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बुझिएको छ ।

शुक्रबारदेखि लगातार २ दिनसम्म परेको पानी र गएको पहिरोका कारण देशभर अस्थब्यस्त बनेको छ । झण्डै २०० जनाले ज्यान गुमाएका छन् । कांग्रेसले बाढीपीडितको लागि सरकारले निर्माण गरेको कोषमा ५० लाख जम्मा गर्ने र सांसदले १५ दिनको तलव दिने निर्णय आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिमार्फत गराएको थियो । बुधबार बस्ने संसदीय दलले सो निर्णय अनुमोदन गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार