काठमाण्डाैंः संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ कल्याणपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउपर्नेमा मकवानपुर वरभञ्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनीहरुले रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्त बरामद गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको जनाईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया