असार १९, २०८२ बिहिबार July 3, 2025

ज्येष्ठ नागरिकलाई परिवारमै संरक्षण गर्नुपर्छः अध्यक्ष बिजुक्छे

भक्तपुरको कला, संस्कृति र सभ्यता संरक्षणका लागि पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ज्येष्ठ नागरिकले सम्मानित जीवनयापन गर्नेगरी परिवारमै संरक्षणको व्यवस्था व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज मङगलबार भक्तपुर नगरपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले ज्येष्ठ नागरिकले जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्दै समाज अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यसका लागि परिवार र समाजले अपहेलित तथा टाढा बनाउने कार्य कानुनी र व्यावहारिक रूपमै रोक्नुपर्ने अध्यक्ष बिजुक्छेको भनाइ थियो ।  “ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप नयाँ पुस्ताका लागि मार्गदर्शन नै हुन् । त्यसैले उनहरूलाई ससम्मान संरक्षणको आवश्यकता छ ।

भक्तपुर नगरपालिकाले पनि यस्ता नागरिकका लागि आदर निकेतन सेवा छिट्टै सञ्चालनमा ल्याउने र आवश्यक सेवासुविधा प्रदान गर्ने विश्वास छ”, उनले भने ।कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिको वडा नं ६ खँचामा ज्येष्ठ नागरिकका लागि आदर निकेतन सञ्चालन गर्न आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

उनले भक्तपुरको कला, संस्कृति र सभ्यता संरक्षणका लागि पुस्तान्तरण गर्न ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताए । उपप्रमुख रजनी जोशीले भक्तपुर नगरमा ज्येष्ठ नागरिकको सङ्ख्या चार हजार नौ सय २४ रहेको उल्लेख गदै उनिहरूको सम्मानका लागि आफूहरूले विभिन्न कार्यक्रम गरेको बताइन् । कार्यक्रममा प्रत्येक वडाबाट १० जनाका दरले छानिएका एक सय ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै प्रत्येकलाई पानी तताउने इलेक्ट्रिक जग, फलफूललगायत सामान प्रदान गरेको थियो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनजन्य विपद्ः विगतमा के भयो, के सिकियो ?
२०८२ असार १९, बिहिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
२०८२ असार १९, बिहिबार
भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण
२०८२ असार १९, बिहिबार
राष्ट्र बैंकद्वारा विनिमय दर सार्वजनिक, युरो १६१.६६ र पाउण्ड १८८.३५ मा कारोबार
२०८२ असार १९, बिहिबार
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
२०८२ असार १९, बिहिबार
ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा 
२०८२ असार १९, बिहिबार
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
२०८२ असार १९, बिहिबार