श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति

रोशी खोला, सुनकोसी र बागमती नदी किनार तटीय क्षेत्रमा रहेका त्यस्ता पूर्वाधार कटान र डुबानमा पर्दा ठूलो नोक्सानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले मानवीय र भौतिक पूर्वाधारमा  क्षति व्यहोर्नुपरेको छ ।

मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा सिस्नेरी एकेडेमीका प्रशिक्षण रहेका छ बालकको निधन भयो । मकवानपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष टीका लामाका अनुसार मकवानपुरका अनुप घलान, साइमन योञ्जन, दिवस बाँनिया, सर्लाहीका आदित्य  बलमपाकी, काठमाडाैँका  रियान्स आचार्य र बाराका विकल रेग्मी सुरक्षित स्थानमा सर्ने क्रममा पहिरोमा परेका हुन् ।

एन्फाका केन्द्रीय सदस्य रहनुभएका लामा भन्नुहुन्छ, “देशका होनहार फुटबल खेलका प्रतिभा पहिरोमा परेको घटनाले मुलकको खेल क्षेत्रलाई अपूरणीय क्षति भएको छ, यो निकै दुखद घटना भएको छ, सुरक्षित स्थानतर्फ लैजाने क्रममा यो घटना हुन पुग्यो ।”

उनीहरू त्यहाँ गत वैशाखदेखि क्याम्पमा रही प्रशिक्षण गरिरहेका विद्यार्थीमध्ये अरू दुई जना त्यस घटनामा घाइते भए । त्यस एकेडेमीका पहिलो समूहमा रहेका उनी सबै १४ वर्ष मुनिका खेलाडी हुन् । एन्फाको प्रशिक्षणमा उक्त उमेर समूहका ४० विद्यार्थी प्रशिक्षणमा थिए ।

त्यस्तै भौतिक पूर्वाधारका क्षेत्रमा ललितपुरको च्यासलस्थित खेलमैदान हनुमन्ते र बागमतीको बाढी पसेर तहस–नहस बनाएको छ भने प्रदेश र स्थानीय तहको सहयोगमा बनेका कयौँ खेलमैदान बाढी कटानमा परेका छन् । राष्ट्रियस्तरको ललितपुरको च्यासलमा रहेका खेलमैदानमा बाढी पसेर क्षति भएको जानकारी प्राप्त भए पनि प्रदेश र स्थानीय तहको भने विवरण प्राप्त भई नसकेको  युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्र अधिकारीले बताउनुभयो ।

बागमती प्रदेशमा प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा केही वर्षअघि मात्रै निर्माण गरिएका १०० भन्दा बढी खेलमैदानसहित भौतिक पूर्वाधारमा क्षति भएको छ । सरकारले हरेक स्थानीय तहमा एक खेल ग्राम बनाउने  नीतिअनुसार हाल २६५ स्थानीय तहमा खेल ग्राम निर्माणाधीन अवस्थामा रहेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् मातहत अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय खेलकुद पूर्वाधार छन् । सुरक्षा निकायसँग सम्बद्ध पनि आफ्नै खेल संरचना छन् भने निजी क्षेत्रबाट पनि जिमखाना, पौडी पोखरी र फुटसल सञ्चालनमा छ । खासगरी रोशी खोला, सुनकोसी र बागमती नदी किनार तटीय क्षेत्रमा रहेका त्यस्ता पूर्वाधार कटान र डुबानमा पर्दा ठूलो नोक्सानी भएको छ ।

सिन्धुली गड्तिर भेगका च्याकुटारबेँशी, बलेनी, खुर्कोट, मुलकोट, खाल्टे, कुशेश्वरमा रहेका खेलमैदान बाढीबाट पूर्ण क्षति भएको अवस्था रहेको सिन्धुलीको सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहरा बताउनुहुन्छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवामा समेत कुनै न कुनैरुपमा खेल पूर्वाधारमा बाढीले असर पु¥याएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार