कार्तिक २४, २०८१ शनिबार November 9, 2024

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा । हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

“जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो”, सूचना अधिकारी चन्दले भने, “घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ । मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ ।”

झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ । जङ्गलमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल
२०८१ कार्तिक २४, शनिबार
सरकार गठनको आधार सातबुँदे अनुसार काम भएन : डा. शेखर कोइराला
२०८१ कार्तिक २४, शनिबार
यी हुन् स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारहरु (सूचीसहित)
२०८१ कार्तिक २४, शनिबार
भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा रहेको अध्यक्ष प्रचण्डको दाबी
२०८१ कार्तिक २४, शनिबार
एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा
२०८१ कार्तिक २४, शनिबार
शंख किन बजाइन्छ ? यस्ता छन् शंखको धार्मिक र बैज्ञानिक गुण :
२०८१ कार्तिक २४, शनिबार
झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
२०८१ कार्तिक २४, शनिबार