असार २१, २०८२ शनिबार July 5, 2025

बौलाएको स्यालले टोक्दा १० जना घाइते

स्यालको आक्रमणको घटनापछि स्थानीयलाई सतर्क रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कपिलवस्तुमा बौलाएको स्यालले टोक्दा १० जना घाइते भएका छन्। विजयनगर गाउँपालिका ३ अन्तर्गत पत्थरदेइया र माहादेइया गाउँका ९ र कृष्ण नगरको विजयनगर गाउँका एक जनालाई स्यालले टोकेको हो।

बिहीबार स्यालको टोकाइबाट पत्थरदेइया गाउँका १२ वर्षीय माहाजार आलम, ५२ वर्षीया राजमती कोरी, ५५ वर्षीय जगनाथ अहिर, ५० वर्षीय भोला पासी, १२ वर्षीय कृष्ण यादव किसन घाइते भएका हुन्। यस्तै माहादेइया गाउँका ५० वर्षीय वव्बु केवट, ३५ वर्षीय शिवकुमार यादव, ५० वर्षीय मुन्नालाल चौधरी, १५ वर्षीय अर्जुन यादव र कृष्णनेरका एक जना पनि स्यालको आक्रमणबाट घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार, स्यालको आक्रमणपछि घाइतेको बहादुरगंज अस्पताल उपचार भइरहेको छ। अस्पतालमा रेबिज विरुद्धको खोपको अभाव रहेको जनाइएको छ। ५ जनालाई चन्द्रघण्टा पठाइएको चन्दले बताए।

प्रहरीका अनुसार, घाइते सबैको अवस्था सामान्य छ। स्यालको आक्रमणको घटनापछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। बौलाएको स्याललाई स्थानीयले मारेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार