श्रावण २, २०८२ शुक्रबार July 18, 2025

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता पुनः रोकियो

राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. शिवराज अधिकारी अस्वस्थ भएका कारण स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ।

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो।

अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ।

आज हुने भनिएको अन्तर्वार्ता समितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. शिवराज अधिकारी अस्वस्थ भएका कारण रोकिएको बताइएको छ।

बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार