श्रावण ५, २०८२ सोमबार July 21, 2025

डा. मानबहादुर बिके सचिवमा बढुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले सहसचिव डा.मानबहादुर बिकेलाई सचिवमा बढुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव बिकेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा हुनुभएका सहसचिव बिके युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत हुनुहुन्छ । उहाँ सो मन्त्रालयको पवक्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

डा. बिके दलित समुदायबाट नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो ब्यक्ति हुनुहुन्छ । मन्त्रिपरिषदले सचिवमा बढुवा गरेसँगै बिके आफ्नो समुदायको नयाँ इतिहास रच्न सफल हुनुभएको छ । उहाँ इमान्दार प्रशासक र बिभिन्न बिषयका बिज्ञका रुपमा परिचित हुनुुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया