काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
यस क्रममा बुधवार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदाम घरमा भित्र्याएको जनाएको छ ।
कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया