असार २१, २०८२ शनिबार July 5, 2025

काठमाडौंमा प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, यस्तो छ बसको रुट

एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर पुन नक्सालमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैँमा सार्वजनिक यातायात कम सञ्चालन हुँदा सर्वसाधारणको आवागमनलाई सहज बनाउन नेपाल प्रहरीले काठमाडौं उपत्यकामा बस चलाउने भएको छ। सर्वसाधारणको आवतजावतलाई सहजीकरण गर्न प्रहरीले काठमाडौँ उपत्यकामा आज र भोलि २ वटा बस निःशुल्क चलाउने भएको हो।

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए। कार्कीले दसैँमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने हुँदा सर्वसाधारणको यात्रालाई सहज बनाउन निःशुल्क बस चलाउन लागिएको जानकारी दिए। उनका अनुसार एउटा बस बस रिङरोड चल्ने छ भने अर्को बस रिङरोड बाहिर चल्ने छ।

काठमाडौँ उपत्यकाभित्र एक नम्बर रुटवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्सालसम्म फिर्ता हुनेछ।

अर्को २ नम्बरको रुटमा नक्सालबाट छुट्टिएर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधानकार्यालय नक्साल आइपुग्ने गरिको रुट तय गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार