श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विप्लवका पूर्वी क्षेत्रिय सैन्य कमाण्ड इन्चार्ज हतियार गोलीगठ्ठा सहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी कमाण्डका सैन्य इन्चार्जलाई प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ ।

कालिकोटको फेनेली घर भएर उर्लाबारीमा बस्दै आएका बर्ष ४० का नन्दबहादुर बोहरालाई पेस्तोल, गोली, बम तथा डेटोनेटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जोखिम र नन्दकिशोर उपनाम भएका बोहरा विभिन्न ७ वटा बम बिस्फोटका घटनाका फरार अभियुक्त भएको प्रहरीको दावी छ ।

मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईका अनुसार, गत १३ जेठमा मोरङ सुन्दरहरैचा ७ को बिजुलीको पोलमा प्रेसर कुकर बम राखेको, मोरङ पथरी शनिश्चरे १ को पानीटंकी छेउमा गत ११ चैतमा बम राखेको, गत ५ माघमा मोरङ मिक्लाजुङ्ग १ साकेला थानमा ३ वटा स्काभेटरमा बम बिस्फोट गराएको घटनामा बोहरा फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ ।

यस्तै बोहराले गत १० माघमा मोरङ केरावारी गाउँँपालिकाको कार्यालयमा र १२ माघमा केरावारी २ मा एनसेलको टावरमा बम बिस्फोटन गराएको, गत २३ भदौमा झापा बिर्तामोड २ चारपाने चौकको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणधिन भवनमा प्रेसर कुकर बम बिष्फोट गराएको प्रहरीको दाबी छ ।

गत वर्ष २० भदौमा सुनसरी ईटहरी ९ स्थित सुष्मा गोदावरी स्कुलको कम्पाउण्ड र धरानस्थित बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम प्रेसर कुकर बम बिष्फोट गराएको घटनामा पनि उनलाई आरोपी बनाइएको छ । प्रदेश १ का पहाडी जिल्ला भोजपुर र संखुवासभामा बोहराको हातहतियार मुद्दा रहेको प्रहरीले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया