असार २२, २०८२ आइतबार July 6, 2025

दलहरु बलियो भए मात्रै जनअधिकारको प्रयोग हुन्छ : महासचिव पोखरेल

लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २५ गते । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने बताउनुभएको छ ।

राज्यलाई बलियो बनाउन र जनतालाई आफ्नो अधिकारलाई प्रयोग गर्नसक्ने बनाउन पनि लोकतन्त्रमा राजनीतिक दलहरु बलियो हुनुपर्ने महासचिव पोखरेलको तर्क थियो । शुक्रबार कीर्तिपुरमा एमाले मुख्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै उहाँले सो भवन आधुनिक हुने र त्यसले मुलुकमा निर्माणमा समेत सहयोगी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो भवन १० रोपनी १४ आना जग्गामा बन्दैछ । भवन भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले सो भवन निर्माण पनि गरिदिने प्रतिवद्धतासहित एमालेलाई जग्गा उपलब्ध गराउनुभएको हो । महासचिव पोखरेलले सो जग्गा उपलब्ध गराउने गुरुङ र उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा राजनीतिक दलहरु समाजमा प्रतिनिधि संस्थाका रुपमा रहेका छन् । र तिनीहरु बलिया हुनसके भने मात्रै लोकतन्त्र बलियो हुन्छ । राज्य बलियो हुन्छ । लोकतन्त्रमा राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्नसक्ने स्थिति बन्दछ । त्यस अर्थमा हामी आधुनिक नेपालको निर्माणको सन्दर्भमा एउटा आधुनिक कार्यालय भवनको जुन खाँचो थियो । त्यो खाँचोलाई मीनबहादुर गुरुङजी, सावित्री गुरुङजीको तर्फबाट दानका रुपमा उपलब्ध गराउने जुन अठोट गर्नुभएको छ, संकल्प गर्नुभएको छ । त्यसका लागि म पार्टीको तर्फबाट उहाँहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु । र यो ठाउँमा एक वर्ष भित्र आधुनिक कार्यालय बनाउने संकल्प लिएका छौं । त्यही कुराहरु म आफ्नो तर्फबाट राख्न चाहन्छु ।”

यता गुरुङले भने आफूलाई विश्वास गरेर एमालेले सो भवन निर्माण गर्ने अवस दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफू एमाले निकट रहेकाले पनि सो भवन निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । व्यवसायी गुरुङले सो भवन नौ रेक्टर स्केलको भूकम्पलाई पनि धान्नेगरी बनाएर आगामी वर्ष २०८२ सालको दसैँको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एमालेले विश्वास गरेर हामीलाई जुन मौका दिनुभयो । त्यसका लागि हामी हृदयदेखि नै धेरैधेरै धन्यवाद दिन चाहन्छौ । एउटा व्यवसायीको रुपमा आफ्नो जिम्मेवारी पूरा गरेको छु । त्यसमा अन्यथा केही पनि छैन । र मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ । यो भवन नौंं रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी यो भवन निर्माण हुनेछ । सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौं भन्ने प्रतिवद्धता जाहेर गर्दछौं । र यो भवन अर्को सालको घटस्थापनाको दिन उद्घाटन हुन्छ । त्यो दिनका लागि म अहिले नै सबैलाई निम्ता गर्न चाहन्छु ।”

व्यवसायी गुरुङले आफूले व्यवसायीको रुपमा अन्य राजनीतिक दल र समाजको अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको पनि स्मरण गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार