श्रावण १, २०८२ बिहिबार July 17, 2025

कौशीमा लसुन खेती गर्ने तरीका

यदि हरियो पात खाई नसकेर पोटीलाई राम्रो बनाउने हो भने बोटलाई पातलो बनाउन आवश्यक छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लसुनको प्रयोगले मानिसमा हुने हृदयघातको रोगलाई धेरै हदसम्म निको बनाउन सक्छ भन्ने वैज्ञानिक रुपमा पनि पुष्टि भैसकेको छ । यसको प्रयोग मसलाको रुपमा हुँदै आएको छ ।

तरकारी, मासुहरुमा यसको हरियो पात तथा पोटीलाई पिसेर चलाउने गरिन्छ । यसको खेती बारीमा मात्र गर्नु पर्छ भन्ने मान्यतामा व्यापक परिवर्तन ल्याई हाल कौशीमा पनि गर्न सकिन्छ । विशेषगरी हरियो पात खानको लागि कौशीमा गरिने यसको खेति प्रभावकारी छ ।

आवश्यक सामाग्री

– माटो, मल, बालुवा मिसाइएको माटो राख्ने भाँडो (प्लाष्टिक थैला, बोरा, गमला, काठको भाँडो वा बाँसको भाँडो आफ्नो ठाउँमा जे उपल्ब्ध हुन्छ)
– कम्पोष्ट मल एक गमला बराबर २ के. जी.
– लसुन बीउ एक गमला बराबर २० पोटी
– माटो सिमेन्ट बोराको २ बोरा
– भुस १ बोरा
– बालुवा सिमेन्ट बोराको १ बोरा
– पानी १० लीटर

खेती गर्ने तरिका

१. सर्वप्रथम गमलामा वा बोरामा माटो, मल र बालुवा भर्ने व्यवस्था गर्ने ।

२. २ बोरा माटो १ बोरा बालुवा एकै ठाउँ मिसाएर मोल्ने। यसरी मोलिएको माटोलाई गमला वा बोरामा राख्ने ।

३. यसलाई सम्म पारेर हातको सहायताले लसुनको केस्रालाई रोप्ने

यसरी रोपीएको लसुन ३ दिन देखि नै उम्रन थाल्छ । २० दिन पछि नै उखेलेर खान सकिन्छ । लसुनको केस्रा रोपीसके पछि पुरै माटो भिज्ने गरी पानी हाल्नुपर्छ । यसमा परालले छोप्दा पनि हुन्छ नछोप्दा पनि हुन्छ । पानी आवश्यकता अनुसार ७ दिन देखि १० दिन सम्म दिन सकिन्छ । बढी सुख्खा भएको आवस्थामा दिन बिराएर पनि सिंचाई गर्न सकिन्छ ।

पोटी व्यवस्थापन

यदि हरियो पात खाई नसकेर पोटीलाई राम्रो बनाउने हो भने बोटलाई पातलो बनाउन आवश्यक छ । त्यसमाथि माटोलाई खुकुलो बनाउनु पर्दछ । त्यसको लागि थप बालुवाको चोकर र धानको भुस गमलामा केस्रा रोप्नु भन्दा अगाडि नै लगाउन सकिन्छ । चिनियाँ खेती पद्धतिमा यस्तो गर्ने चलन पनि छ।

रासायनिक मल र औषधी

यो सानो भाँडोमा घरायसी प्रयोजनको लागि मात्र गरिने हुनाले यसमा रासायनिक मल तथा विषादी प्रयोग नगर्नु नै उत्तम मानिन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार