काठमाण्डौः पोखरा महानगरपालिका–१७ स्थित वृद्धाश्रममा हिमाली बाल कल्याण संरक्षण मञ्चमा आश्रित बालबालिकाले पनि टीका लगाएका छन् ।
मञ्चमा आश्रित २५ जना बालबालिकालाई सामूहिक रूपमा टीका लगाएर भोजन गराइएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए ।
वृद्धाश्रमका ४७ जना जेष्ठ नागरिकलाई पनि भोजन गराइएको थियो ।
दुवै संस्थामा आश्रित जेष्ठ नागरिक र बालबालिकाबीच पारिवारिक वातावरणमा दसैँ मनाइएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया