काठमण्डाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी हुन्।
‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ’, राष्ट्रपति कार्यालयले स्रोतले भन्यो। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेन। भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन।
नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए। पार्टी पद्धतिमा चलोस्, नेताहरुको कार्यविभाजन समान होस भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो। आफूलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको लोभ नभएको पनि उनले बताएको स्रोतले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया