श्रावण १, २०८२ बिहिबार July 17, 2025

विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो

दुई महिनामा थप १ खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।

मंगलबार राष्ट्र बैंकले सार्बजनिक गरेको रिपोर्टका अनुसार गएको दुई महिनामा थप १ खर्ब ११ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति थपिए गत असारको तुलनामा यो ५.५ प्रतिशतले बढेको छ । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ४.४ प्रतिशतले वृद्धि भई १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले वस्तु आयात तर्फ १६.८ महिना र वस्तु तथा सेवा १३.७ महिनाको आयात धान्न पर्याप्त रहको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार