श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लकडाउनका कारण अलपत्र ६ सय ६८ जना नेपालीहरु स्वदेश फर्कंदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लकडाउनका कारण खाडी लगायत विभिन्न मुलुकहरुमा अलपत्र परेका नेपालीहरु आज विभिन्न ५ उडान मार्फत ६ सय ६८ जना स्वदेश फर्कंदैछन ।

दुई दिनदेखि स्थगित भएको नेपालीहरुको स्वदेश फिर्ती आजदेखि पुनः सुरु गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना अनुसार नेपालीहरु स्वदेश फर्कन लागेका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आज मलेसियन एयरलाइन्समार्फत १९ जना, सिल्क एयरको जहाजमार्फत सिंगापुर र अष्ट्रेलियाबाट १ सय ५१ जना, युएईको दुर्बबाट फ्लाई दुबईमार्फत १ सय ८९, सारजहाबाट १ सय ६८ तथा कतारबाट कतार एयरवेजमार्फत १ सय ६० जना स्वदेश फर्कने निश्चित भएको छ।

आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एयरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज पनि आजै चीनको कुनमिङ्ग जाँदैछ। अबको एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले समान १६ उडान भर्नेछन्।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबिया र फ्लाई दुबईले २ तथा मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन्। त्यसैगरी जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ।

यो उद्धार उडान साउन ६ गतेसम्म जारी रहनेछ भने त्यसपछिको योजना बारे छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया