श्रावण १, २०८२ बिहिबार July 17, 2025

दसैँपछिको शेयर बजार: ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनी घाटामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश/दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४, एनआइबिएल समृद्धि फण्ड–२ का शेयर धनीले छ दशमलव ७४ प्रतिशत कमाएका छन् ।

मध्ये सोलु जलविद्युत् कम्पनीका लगानीकर्ताले १०, युनाइटेड मोदी जलविद्युत् कम्पनीका पाँच दशमलव २५, युनिलिभर नेपाल लिमिटेड तीन दशमलव ८५, सामुदायिक लघुवित्त वित्तीय संस्था तीन दशमलव ६२ र एनआइसी एसिया सेलेक्ट फण्ड–३० का शेयर धनीले तीन दशमलव १९ प्रतिशतले घाटा बेहोरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार