काठमाण्डाैंः बैतडीको पुरचौडीमा एक छोराले आफ्नै ६१ बर्षीय आमालाई पटक पटक बलात्कार गरेका छन् । यस्तै सोही जिल्लाको पञ्चेस्वरमा अर्का एकजनाले आफ्नै ११ बर्षीया छोरीलाई पटक-पटक बलात्कार गर्दै आएको खुलाशा भएको छ ।
बलात्कारको आरोपमा उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पञ्चेश्वर गाउँपालिका ४ की ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै ४५ बर्षीय बुवा पक्राउ परेका छन् । मगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिए । ती बालिकाको शरीरमा निलडाम भएको, बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा जाने गरेको खुल्नमा आएको उनले बताए ।
बलात्कृत ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले श्रीमतीको मृत्युपछि मादकपदार्थ सेवन गरी छोरीलाई पटक-पटक जबरजस्ती गर्ने गरेको खुलेको बताए । यो कुरा आफुहरुले थाहा पाएछि प्रहरीलाई बुझाएको बताए ।
पक्राउ गरेको ती व्यक्तीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।
यस्तै जिल्लाको पुरचौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा ३२ बर्षीय उनकै छोरा पक्राउ परेका छन् ।
मंगलबार घरमै जबरजस्ती करणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्ती करणी गरी नुवान नामक बिषादी सेवन गरेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीसंकर जैसीले बताए ।
आमालाई बलात्कार गरी बिषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया