श्रावण ६, २०८२ मंगलबार July 22, 2025

बेरोजगार व्यक्तिलाई वडामार्फत निवेदन दिन श्रम मन्त्रालयको एक महिने सुचना जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिहरुलाई रोजगार सेवा केन्द्रमा निवेदन दिन एक महिने सुचना जारी गरेको छ।

मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी आगामी साउन ७ गतेदेखि भदौ ७ सम्म सबै गाउँपालिका र नगरपालिकाका सम्बन्धित वडामार्फत निवेदन दिन आह्वान गरेको हो।

मन्त्रालयले स्थानीय तहहरुमार्फत बेरोजगार व्यक्तिको लगत संकलन गर्ने र आंशिक रोजगारी दिने गर्दछ । आर्थिक वर्ष २०७७/७८ मा रोजगार सेवा केन्द्रमा वेरोजगार व्यक्तिले निवेदन दिने तथा छानबिन गरी सूचिकरण गर्ने कार्य २०७७ चैत १ देखि प्रारम्भ भएता पनि विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण नेपाल सरकारले गत चैत्र ११ देखि गरेको देशव्यापी बन्दाबन्दीको कारण प्रभावित भएकोमा हाल बेरोजगार नागरिकले निवेदन दिने समय सीमा मिति २०७७ श्रावण ८ देखि २०७७ भाद्र ७ सम्म कायम गरिएको मन्त्रालयले जनाएको छ।

सबै गाउँपालिका र नगरपालिकाले सोही बमोजिम सम्बन्धित वडाबाट बेरोजगार व्यक्तिको निवेदन संकलन र वेरोजगार व्यक्ति सूचिकरणको आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत गत वर्ष असार ३१ मा सबै गाउँपालिका र नगरपालिकामा अनुरोध भई सकेको जनाइएको छ।

यस सम्बन्धी थप विवरण र निवेदनको ढाचाँ www.pmep.gov.np बाट समेत प्राप्त गर्न सकिने उक्त सुचनामा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया