असार २९, २०८२ आइतबार July 13, 2025

१७ लाखलाई निःशुल्क एचपिभी खोप

आगामी माघको तेस्रो सातासम्म देशव्यापी खोप अभियान सञ्चालन गरी १६ लाख ८८ हजारलाई खोप दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले घोषणा गरेको महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) यो वर्ष झन्डै १७ लाख बालिका तथा किशोरीलाई दिने तयारी भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ। आगामी माघको तेस्रो सातासम्म देशव्यापी खोप अभियान सञ्चालन गरी १६ लाख ८८ हजारलाई खोप दिने तयारी भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

यो वर्ष १० देखि १४ वर्ष उमेर समूहभित्र १६ लाख ८८ हजार मात्र जनसंख्या रहेकाले उक्त संख्यालाई मात्र खोप दिने तयारी भएको खोप शाखाप्रमुख डा. अभियान गौतमले बताए। यो वर्ष खोप अभियानमार्फत १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीलाई मात्र दिइनेछ।

अन्तर्राष्ट्रिय खोप अभियान संस्था गाभीले नेपालका लागि अति सस्तोमा खोप उपलब्ध गराएकाले सो उमेर समूहमा परेका सबै किशोरीलाई दिन सम्भव भएको डा. गौतमले बताए।गत वर्ष दिइएको एचपिभी भाइरसविरुद्धको खोप दुई डोजको थियो भने यो वर्ष एक डोजले मात्र पुग्ने खोप निर्माण भई आएकाले एक डोज मात्र दिइनेछ।

अर्को वर्षदेखि पाठेघरको क्यान्सरविरुद्धको खोप पनि अन्य खोपजस्तै नियमित र निःशुल्क हुने डा. गौतमले जानकारी दिए। ‘धेरैलाई समेट्ने गरी यो वर्ष १० देखि १४ वर्षभित्रका बालिका तथा किशोरीलाई खोप दिन लागिएको हो। उनका अनुसार खोप लिने उमेर समूहका सबै किशोरीलाई खोप दिन विभिन्न चरणमा अभियान चलाउने तयारी भएको छ। जसअनुसार ६ देखि १० कक्षासम्मका किशोरीका बीचमा र अर्को वर्षदेखि ६ कक्षाका किशोरीलाई मात्र अभियानमा सहभागी गर्ने लक्ष्य छ।

धेरै देशमा अहिले पनि नियमित खोप सञ्चालन भएको छैन। नेपालले भने यो खोप गाभीसँगको संलग्नताका कारण सहज तरिकाले पाउन सम्भव भएको गौतमले जानकारी दिए। केही विकसित मुलुकले यो खोप आफ्ना नागरिकको हकमा नियमित प्रदान गर्न सफल भएका र विश्वका धेरै मुलुक भने अहिले पनि यो खोपबाट वञ्चित भएको डा. गौतमले बताए।

नेपाल सरकारको विशेष अभियानका कारण उपलब्ध भएको उनको भनाइ छ। खरिद प्रक्रियामा लिँदा अत्यन्त महँगो पर्न आउने उनले बताए।

प्रतिभाइल खोपको मूल्य पाँच हजार पाँच सय रुपैयाँ पर्छ। गाभीको नेपालका लागि ०.३ डलरबराबरको लगानी रहेको छ। खोप अभियानसहित यो खोप कार्यक्रमका लागि करिब दुई अर्ब लगानी लाग्ने डा. गौतमको भनाइ छ।

नेपाल सरकारले गत आवमा पनि महँगोमा खरिद गरी किशोरीहरूलाई सीमित संख्यामा खोप दिएको थियो। सबै किशोरीलाई खोप अभियानमा संलग्न गराउने कार्यक्रमसँगै ह्युमन पेपिलोमा भाइरसको कारणले हुने पाठेघरको मुखको क्यान्सर कम हुँदै जाने अपेक्षा लिएको डा. गौतमले बताए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार