असार २९, २०८२ आइतबार July 13, 2025

देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि

११ जना सङ्क्रमितको मृत्यु - काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ कात्तिक । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र कास्कीमा धेरैमा सङ्क्रमण देखिएको छ।

दाहालका अनुसार काठमाडौंमा तीन हजार ५९४, कास्कीमा तीन हजार हजार १८८, तनहुँमा दुई हजार १९५, पर्वतमा एक हजार ५८८, चितवनमा एक हजार २९, ललितपुरमा ९६८, बागलुङमा ८२१, गोरखामा ७७२, भक्तपुरमा ६२४, कैलालीमा ४०८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।

प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा नौ हजार ५३१, बागमती प्रदेशमा सात हजार ७६८, कोशी प्रदेशमा एक हजार ६४६ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा एक जहार ३४८, सुदूरपश्चिम प्रदेशमा एक हजार ६५, कर्णाली प्रदेशमा तीनसय र मधेश प्रदेशमा ४२४ जनामा डेंगु पुष्टि भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार