असार २९, २०८२ आइतबार July 13, 2025

स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह गर्नुभएको छ।

बिमा सुधार सम्बन्धमा सुझाव दिन विश्व स्वास्थ्य सङ्गठनका पूर्ववरिष्ठ अधिकारी शम्भुप्रसाद आचार्यको नेतृत्वमा बनेको समितिसँग मन्त्री पौडेलले बिमामा देखिएका स्रोत अभाव तथा गलत दाबी जस्ता समस्या समाधान गर्न व्यावहारिक ठोस सुझावको अपेक्षा गरेको बताउनुभयो।

हामीलाई व्यावहारिक र ठोस सुझाव दिनुहोला, उहाँले भन्नुभयो, “जुन स्वास्थ्य बिमाको समस्या समाधानमा पथ प्रदर्शक बनोस्।” मन्त्री पौडेलले समितिले दिएको सुझाव कार्यान्वयनमा मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताउनुभयो। “स्रोतको अभाव मुख्य समस्या छ”, उहाँले भन्नुभयो, “तर स्रोत बढाउने केही विकल्प छन्। यहाँहरूले उपयुक्त विकल्प दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ।

मन्त्री पौडेलले नसक्नेका लागि रु एक लाख बिमा रकम ठुलो सहायता भए पनि त्यसले मात्र समस्या समाधान नहुने भएकाले  उक्त रकम वृद्धि गरी पाँच लाख पुर्‍याउनुपर्ने योजना बनाएको बताउनुभयो। “हामीले दायरा बढाउँदा स्रोत अभावको चुनौती देखापर्न सक्छ, तपाईँहरूले थप समिति बनाउन नपर्ने गरी सुझाव दिनुहोला”, उहाँले भन्नुभयो।

मन्त्री पौडेलले सरकारकै फरक-फरक स्वास्थ्य बिमा कार्यक्रम अस्तित्वमा रहेकाले सेना प्रहरीलगायत सबैलाई कसरी एकीकृत बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सुझाव दिन आग्रह गर्नुभयो। बैठकमा समिति संयोजक आचार्य तथा सदस्य डा भगवान् कोइरालाले ठोस सुझाव दिने गरी काम भइरहेको जानकारी दिनुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार