पाटन (ललितपुर), ७ कात्तिक : बागमती प्रदेशभरिका स्वास्थ्य कार्यालयमध्ये ललितपुर उत्कृष्ट भएको छ ।
यही कात्तिक ५ गतेदेखि प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडामा भएको वार्षिक समीक्षा कार्यक्रममा आज स्वास्थ्य कार्यालय ललितपुर उत्कृष्ट घोषित भइ प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भुवन पौडेलले जानकारी दिनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रमुख पौडेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
“आव २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य सेवाका सूचक तथा प्रस्तुतीकरणसमेतको मूल्याङ्कनका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले पुरस्कृत गरेको हो”, उहाँले भन्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया