असार २१, २०८२ शनिबार July 5, 2025

‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा, १० कात्तिक : पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठपर्व तथा इदपर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले हुलाकी सडक तथा अन्य सडकको कालोपत्र, नाली निर्माण, पालिका भवन निर्माणलगायतका संरचना बनाउन संघीय सरकारले प्राथमिकतामा राखेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “तराई मधेस समृद्ध कार्यक्रमअन्तर्गत सुनकोसी कमला डाइभर्सन परियोजना अबको लक्ष्य हो । यसबाट मधेसको हजारौँ बिघा खेतीयोग्य जग्गा सिँचाइ गरी यहाँका किसानको उत्थान हुने हामीले विश्वास लिएका छौँ ।”

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रत्यक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकार अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रममा सांसदहर श्यामशङ्कर यादव, गङ्गाप्रसाद यादव, संविधानसभा सदस्य आशाकुमारी यादव, एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव, सुखीपुर नगरप्रमुख रामअवतार यादव ,भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, नवराजपुर गाउँपालका अध्यक्ष शिव उदगार यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवलगायत सिरहाको विकासमा एकजुट हुन आग्रह गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार