असार २१, २०८२ शनिबार July 5, 2025

बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र पार्नुपर्छ : सभापति देउवा

राज्यका तर्फबाट पुनर्निर्माणलाई सशक्त बनाउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १० देखि १३ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र पार्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण गर्न आयोजित कार्यक्रममा सभापति देउवाले राज्यका तर्फबाट पुनर्निर्माणलाई सशक्त बनाउनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्राकृतिक विपत्तिका बेला कांग्रेस जनताको साथमा हुन्छ । सरकारले पनि काम अघि बढाउनु पर्छ ।”

उहाँले प्राकृतिक विपत्तिमा आफ्नो पार्टी पङ्क्ति सधैँ साथमा रहने बताउनुभयो । उहाँले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा खटिएर अनुकरणीय कार्य गर्नेलाई कांग्रेसका तर्फबाट धन्यवाद व्यक्त गनुभयो । उहाँले बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएकाले यो सङ्कटबाट उठ्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमै पनि सहयोग गरेको बताउनुभयो । उहाँले नागरिकको राहत, उद्धार, पुनर्निर्माणमा राज्यका तर्फबाट भइरहेका काम कारबाही अझै तीव्र बनाउनुपर्ने बताउनुभयो ।

छयालिस मृतकका परिवारलाई राहत 

कांग्रेस ललितपुरले असोज १० देखि १३ गतेसम्म बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाएका ४६ जनाको परिवारका सदस्यलाई जनही २५ हजार रुपियाँका दरले राहत वितरण गरेको छ ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिकाका पुरुष २० जना, महिला १५ जना, बालक आठ जना र बालिका तीन जना गरी ४६ जनाको मृत्यु भएको थियो ।

ललितपुरमा गोदावरी, लुभुखोला, धुसेल र ठोस्नेखोलामा आएको बाढी, पहिरो र डुबानले चार पालिकामा बढी क्षति पु¥याएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार