असार २२, २०८२ आइतबार July 6, 2025

पार्टी सभापतिज्युको बदानामी हुने क्रियाकलाप नहोस्- रामकृष्ण यादव, नेता, नेपाली काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अब नेपाली कांग्रेसमा पार्टी सभापतिले विभाग गठन गर्न पाउने कि नपाउने ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय कार्य समितिबाट दुई-दुई पटक पारित भइसकेको छ । अस्ति पनि केन्द्रीय कार्यसमितिबाट पास भयो । तर, लकडाउनको कारणले गर्दा तीन, चार महिनादेखि कार्यक्रमहरु, पार्टीको क्रियाशील सदस्य नविकरण, क्रियाशील सदस्यता वितरणलगायत समायोजनका कामहरु बीचमा ठप्प भएको थियो । फेरि अस्ति केन्द्रीय कार्यसमितिबाट महाधिवेशनको कार्यतालिका पास भइसकेको छ । त्यसमा सबै केन्द्रीय सदस्यहरुले आफ्ना आफ्ना धारण पनि राख्नुभएको छ । ७७ जिल्लामध्ये २६ वटा जिल्लाको समायोजन बाँकी छ । त्यो समायोजनको काम पनि छिट्टै सक्नुपर्छ भनेर निर्णय भएको छ । र, पुसबाट मधिवेशनको कार्य सुरु गर्ने र फागनुमा केन्द्रीय महाधिवेशन सक्ने भनेर हामीले केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत पारित गरेका छौं । हामीले थप्नुपर्ने एक वर्षको समय थपिसकेका छौं । यो एक वर्षभित्रै पार्टीको १४ महाधिवेशन सम्पन्न गर्ने हाम्रो बाँचा पनि छ । त्यसकारण संघीय, प्रदेश र स्थानीयलगायत राष्ट्रिय निर्वाचन हुँदा जसरी आचारसंहिता हुन्छ । त्यसैगरी पार्टीको पार्टी पनि एउटा वैधानिक पार्टी हो ।

केन्द्रीय अधिवेशनको मिति ताकिइसकेपछि सभापतिले विभागहरुमा सदस्यहरु मनोनय गर्न पाउने कि नपाउने ?

अब अहिले १४ औं महाधिवेशनको लागि सम्पूर्ण कार्यतालिका घोषणा भइसकेको छ । हाम्रो पार्टी चुनावमा प्रवेश गरिसकेको छ । त्यसकारण विभागहरु गठन गर्नु, सदस्यहरु मनोनय गर्नुलगायतका कुनै पनि काम मलाई लाग्छ गर्नुहुँदैन । यो पनि पार्टीभित्रको आचारसंहिता हो । त्यो आचारसंहितालाई हामी सबैले मान्नुपर्छ । त्यसैले अहिले विभाग गठन, सदस्यता मनोनयन गर्नुउचित हुँदैन ।

पार्टी सभापतिले आफ्नो अधिकार प्रयोग गरेर विभाग गठन गर्न नपाउने ?

पार्टी सभापतिजीले गर्न पाउने अधिकार त सुरुदेखि त छँदैथियो । अहिले त्यो ढिला भइसकेको छ ।

सभापतिलाई विभाग गठन गर्नबाट विधानको कुन धाराले दिँदैन ?

नेपाली कांग्रेस पार्टीको विधानमा यी सबै कुराको बन्दोबस्त गरेको छ । निर्वाचार प्रारम्भ भइसकेपछि आचारसंहिता लागु हुन्छ । यसमा पनि विभाग गठन कति महिनाभित्र गर्ने, अन्य समितिहरु कति वर्षभित्र गठन गरिसक्ने सबै कुराहरु विधानले राम्रोसँग तोकेको छ । र, तोकिएको म्यादहरु पनि सबै समाप्त भइसकेको कारणले गर्दा मलाई लाग्छ । अब सभापतिज्यूबाट कुनै विभाग गठन, मनोनय हुनुभएन । यस्ता कार्यले गर्दा पार्टीभित्र आपसमा वादविवाद, मनमुटाब हुन्छ । एकले अर्कामाथि शंका गर्न थाल्ने अवस्था सिर्जना हुन्छ । त्यसकारण सभापतिजी त्यो कुरामा सचेत हुनुपर्छ । अब पार्टीको महाधिवेशनको कार्यतालिका आइसकेकाले के कुरा गर्दा सर्वसम्मतिबाट पास हुन्छ, त्यतातिर लाग्नुपर्छ । अहिले गठन गरेका विभागहरुले कुनै ठोस काम पनि गर्न सक्दैन । र विभागहरु गठन गर्ने अवधि पनि समाप्त भइसकेको छ । त्यसकारण अहिलेको बेलामा विभाग गठन गर्ने, मनोनयन गर्ने काम गर्नुउचित होइन ।

सभापतिले त कृष्णप्रसाद सिटौलाहरुसँग सल्लाह गरेर अन्य पार्टीबाट प्रवेश गरेर आएकालाई केन्द्रीय सदस्य मनोनय गर्दा रामचन्द्र पौडेल, सशांक कोइरालाहरुले विरोध गर्नुभएको त्यसको आवश्यकता छ ?

केन्द्रीय समितिका सदस्यहरुको मनोनय धेरै पहिले गर्नुभएको होला । अब उहाँहरु केन्द्रीय समिति भइसक्नुभयो अरु केरै भएन । तर, अहिले जति पनि विभागहरु गठन गर्नुभएको छ, त्यो सभापतिज्यूले समयमै गर्न सक्नुभएन । विभागहरु गठन उहाँ सभापति निर्वाचित भएको ६ महिना भित्रै गर्नुपर्ने थियो । अब अहिले महाधिवेशनको कार्यतालिका पनि बाहिर आइसकेको छ । यो बेलामा विभाग गठन गरेर यसले काम पनि गर्न सक्दैन । सारा नेपाली कांग्रेसका कार्यकर्ता, साथीभाइहरु नविकरण र समायोजनका आफ्ना आफ्ना काममा लागेका छन् । त्यसकारण आचारसंहिता त हाम्रो पार्टीभित्र पनि छ नि । राष्ट्रिय मान्यता प्राप्त त हाम्रो पार्टी पनि हो । जसरी एनजीओ, आइएनजीओमा हुन्छ । त्यसैगरी यत्रो बलिदानी दिएर आएको ऐतिहासिक राजनीतिक पार्टी आचारसंहिता बिना हिँडिरहेको छैन । त्यसकारणले गर्दा महाधिवेशनको मिति तय भइसकेकाले आपसमा विवाद गर्नु, एकआपसमा मतमतान्तर गर्नुभन्दा अहिले कुनै पनि त्यस्तो काम नहोस् । जसको कारणले पार्टीभित्र तिक्तता र मनमोटाब उत्पन्न होस् । एक अर्काप्रति शंका, उपशंका उत्पन्न होस् । त्यो नगरेर चुनावी आचारसंहितालाई सबैले मानेर हामी एक ढिक्का भएर जानुपर्छ । जसरी हाम्रो अगाडि १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने चुनौति छ । त्यसको लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । अन्यतिर ध्यान लगाउनु हुँदैन । यसलाई हामीले आफ्नो प्रतिष्ठाको विषय बनाएर पार्टीलाई तलदेखि माथिसम्म किचलोमा फसाउनु हुँदैन । एक ढिक्का महाधिेवशनतिर अगाडि बढ्नुपर्छ ।

प्रतिष्ठानको विषय तपाईंहरुले बनाउनुभएको छ, १४औं महाधिवेशन हुँदै छ, प्रतिस्पर्धाको लागि तयार हुनुहोस् न जहिले पनि सभापतिलाई असयोग गर्ने ?

यो कुरा पार्टी सभापतिजीले भन्नुभएको छैन । तपाईंहरुले भनिरहनुभएको छ । सभापतिलाई सम्पूर्ण नेता तथा देशभरिका कार्यकर्ता र साथीभाइहरुले सहयोग गर्दै आउनुभएको छ । अनि हामीले कहाँबाट उहाँलाई असहयोग गरेका छौं र ? सभापति हाम्रो अभिभाव हो । सभापतिबाट कुनै पनि यस्तो काम नहोस् जसको कारबाट उहाँलाई बदनामी होस् । र, १४ औं महाधिवेशन प्रभावित होस् । त्यसको कारणले त म व्यक्तिगत रुपमा उहाँलाई निवेदन गर्न चाहन्छु । अबदेखि विभागहरु गठन नगर्नुहोस् । यसरी विभाग विभाग गठन गर्दै जाँदा पार्टीभित्रको आचारसंहिता जुन छ । त्यो उल्लंघन भएको ठहरिन्छ । त्यसकारण त्यस्ता काम गर्नुहुँदैन भनेर म आग्रह गर्न चाहुन्छ । अहिलेको अवस्थामा सभापतिले विभाग गठन गरेर जानुभयो भने त्यो विभाग रामचन्द्र समूहका तपाँईहरु बस्नुहुन्न ? यो समूह, ऊ समूह भनेर त्यसरी नभन्नुहोस् न ।

होइन कांग्रेसभित्र गुटगत स्वार्थीहरु विभिन्न समूह बनाएर हिँडिरहेका छन् नि ?

यसलाई गुटगत स्वार्थी अथवा समूह नभनौं । हामी सबैको आदरणीय सभापति पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाजी हुनुहुन्छ । उहाँ भनेको यत्रो चार, चार चोटी प्रधानमन्त्री भइसकेको व्यक्ति हो । नेपाली कांग्रेसको निर्वाचित सभापति हो । हामी सबै नेपाली कांग्रेसका नेता, कार्यकर्ताको अविभावक हो । उहाँ अविभावक भएर निर्वाचन सम्पन्न गराइरहनुभएको छ । त्यसकारणले गर्दा अहिले निश्चित रुपमा विभागहरु बनाउने उहाँले गर्नुहुन्न होला । कतै गरिरहनुभएको छ भने त्यो कुरालाई आदरणीय सभापतिजीले रोक्नुहुने छ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार