काठमाडौंः सत्तारुढ नेकपा स्थायी कमिटि बैठक आगामी साउन ४ गते ३ बजेसम्मका लागि स्थागित भएको छ । अध्यक्षद्वयबीच छलफलका लागि समय नपुगेको भन्दै बैठक स्थगित भएको हो । यसअघी स्थायी समितिको बैठक आज शुक्रबार दिउँसो ३ बजेका लागि तोकिएको थियो ।
नेकपामा देखिएको आन्तरिक विवाद समाधानका लागि आज पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा कुनै सहमती हुन नसकेपछि स्थायी कमिटी बैठक पुनः स्थगित गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै ‘पार्टी स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते ३ बजे हुनेगरी तोकिएको छ’ भन्दै जानकारी गराएका छन् ।
अधिकांश स्थायी समिति सदस्यहरु बैठकका लागि बालुवाटार पुगिसकेको अवस्थामा अध्यक्षद्वयबीच थप छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्ने माग स्थायी समितिमा उठेपछि बैठक स्थगित हुँदै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया