भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

विश्व बैंकसँग ५४ अर्ब रुपैयाँको आर्थिक सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकार र विश्व बैंकबीच यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारका लागि ४५ करोड अमेरिकी डलर अर्थात ५४ अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको रोहबरमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव शिशिरकुमार खतिवडा र विश्व बैकका तर्फबाट राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विशेषगरी कोभिड १९ पश्चातको अबस्थामा आर्थिक वृद्धिलाई द्रुत र दीगो बनाउन आयोजना केन्द्रित हुने बताउनुभयो ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले क्षेत्रिय व्यापार र सम्पर्क सञ्जालको सहजीकरणका साथै रोजगारको अवसर सिर्जना गर्नपनि सहयोगी हुने बताउनुभयो ।

सम्झौता अनुसार यही आयोजनाले रणनैतिक सडक सञ्जाल व्यवस्थापन र क्षमताको सुदृढीकरण गरी सीमा व्यापारको दक्षतामा सुधार गर्नुको साथै उच्च चाप रहेका अन्य सडकको पनि आवधिक मर्मत गर्न गरिने बताइएको छ । यो सम्झौता यस आर्थिक वर्षको पहिलो सम्झौता पनि हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रेस युनियन उदयपुरको अध्यक्षमा विश्वराज तामाङ सर्वसम्मत
२०८३ भाद्र १२, शुक्रबार
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
२०८३ भाद्र १२, शुक्रबार
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार