असार २२, २०८२ आइतबार July 6, 2025

७ करोड भन्दा बढी ठगी गरेर फरार युवक गठ्ठाघरबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभिन्न बहानामा सात करोड भन्दा बढी ठगी गरेर फरार रहेका एक ब्यक्ति पक्राउ परेका छन् । 

ठगीको मुद्दा दर्ता भएपछि भागिरहेका झापाको दमक नगरपालिका- ७ कृष्णमन्दिरका मनिष अग्रवाल भनेर चिनिने चन्दन जिन्दल पक्राउ परेका हुन् ।

झापा, बारा, पर्सा र सर्लाही बस्ने विभिन्न व्यक्तिहरुलाई विभिन्न बहानामा ठगी गरेर भागिरहेका उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

जिन्दलले झापा, बारा, पर्सा र सर्लाही बस्ने २२ जनासँग सात करोड ८१ लाख ४२ हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

खाद्यान्न व्यापारीलाई विश्वासमा लिएर उधारोमा खाद्यान्न ल्याइ काठमाण्डौका व्यापारीलाई खरिद मूल्यभन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार