भाद्र ११, २०८३ बिहिबार August 27, 2026

पहिरोमा पुरिएका ३ जनाको गाउँलेद्धारा जिवितै उद्धार, अवस्था चिन्ताजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः दैलेखको ठाँटीकाँध गाँउपालिका वडा नं.- ३ बिशाला खुडखुडीमा बिहीवार राती बर्षाले घर माथिबाट आएको पहिरो जाँदा रंग बहादुर आलेको घर बगाएको छ । पहिरोमा पुरिएका रंगबहादुर आलेका श्रीमती र छोरा लाई जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका तीनजनाको अवस्था चिन्ताजनक रहेको छ । चन्द्रा आलेको ढाड भाँचीएको वडा नं. ३ का वडा अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिएका छन् । बाबु र छोराको अवस्था पनि चिन्ताजनक रहेको शाहीको भनाई छ ।

बिहिबार रातीदेखि परेको बर्षाले सडक पुरै भत्काएका कारण एम्बुलेन्स जान नसक्ने अवस्था छ । अहिले खुडखुडीका अन्य १३ घर उच्च जोखिममा रहेको स्थानीय हेमन्त दशौदीले जानकारी दिनुभएको छ । लगातारको बर्षातले वडा नं.३ बाहाकोट बजारका पनि ५ घर जोखिममा रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार