असार २९, २०८२ आइतबार July 13, 2025

दुई दिने एकीकृत जनस्वास्थ्य शिविरमा ५ सयले स्वास्थ्यलाभ लिए

गाउँपालिकाको ५ वटा वडाका वृद्धवृद्धा, नागरिक, बालबालिका, महिलाहरूको स्वास्थ्य जाँच सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर सञ्चालन गरेको छ। एकीकृत जनस्वास्थ्य शिविरबाट ५ सयले जनाले स्वास्थ्य जाँच गरेका छन्।

विभिन्न रोगका विशेषज्ञबाट ५ सय जनालाई स्वास्थ्य उपचार गरेको स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए। गाउँपालिकाको ५ वटा वडाका वृद्धवृद्धा, नागरिक, बालबालिका, महिलाहरूको स्वास्थ्य जाँच गरेको उनले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल सहितका १६ जना विशेषज्ञ चिकित्सकबाट शिविर सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख लामाले बताए।

आँखा रोग विशेषज्ञ, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, दाँत तथा मुख विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, स्त्री रोग, प्रस्तुति सेवा, भिडियो एक्सरे सेवा छाला यौन रोग तथा कुष्ठरोग जेनेरल फिजिसियन विशेषज्ञ सेवाको उपचार भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए। उपचार गर्न मध्येका अधिकांश हाडजोर्नी र नशा रोगको बिरामीको संख्या धेरै देखिएको उपकुलपति रावलले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार